खुल्ने समय

Sun to fri - 9:00 am to 5:00 pm

Sat 9:00 am to 2:00 pm

हामीलाई कल गर्नुहोस्

+977 01 5007502

+977 98512 05955

संक्षिप्त जानकारी

उपचारका लागी सहयोगी हातहरुको संक्षिप्त जानकारी

उपचारका लागी सहयोगी हातहरु नामक संस्था सामाजिक हितको लागी खोलिएको मुनाफा रहित, जनहितकारी गैह् सरकारी संस्था हो । यस संस्थामा वरिष्ठ स्वास्थय विज्ञहरु, बुद्धिजीविहरु, कानुनविदहरु, विश्लेषकहरु, क्यान्सर सर्भाइभरहरु र समाजसेवीहरुको हातेमालोमा वि.स. २०७३ सालमा स्थापित भएको संस्था हो ।

यस संस्थाले विशेष गरी महिला तथा बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, वृद्धवृद्धाहरुको जीवनस्तरमा शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना तथा शिपमुलक तथा आयमुलक कारयक्रमहरु सञ्चालन गरी उनीहरुको जीवनशैलीमा परिवर्तनल्याई अन्धकारबाट उज्यालोको बाटो तर्फ डो¥याउने उद्देश्य लिएको छ ।

यस संस्थाले राजधानि भित्र रहेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका ग्रामिण महिलाहरुलाई नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क क्यान्सर स्क्रिनिङ तथा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस संस्थाको मुख्य ध्येय भनेको “ साहरा बिहिनहरुको लागी समर्पित ” रहेको छ ।


उपचारको लागी सहयोगी हातहरुको उद्देश्यहरु

  • यो संस्था मुनाफा रहित, जनहतिकारी सामाजिक संस्था हुनेछ ।
  • मुटु रोग,मृगौला रोग र क्यान्सर जस्ता नसर्ने रोगबाट पिडित व्यक्तिहरुलाई उपचार र पुर्नस्थापना गर्नका लागि अक्षय कोषको स्थापना गरी सञ्चालन गर्ने ।
  • मुटु रोग,मृगौला रोग र क्यान्सर जस्तो रोगको न्यूनिकरणका लागि चेतनामुलक स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • हरेक व्यक्तिलाई नैतिकवान र असल नागरिकको रुपमा स्थापित गर्न समाज सेवामा सक्रिय रहौं भन्ने खालका नैतिक र चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।