उपचारका लागी सहयोगी हातहरु नामक संस्था प्रसिद्ध समाजसेवी श्रीमती स्वरुपा श्रेष्ठ द्धारा नेपालमा आर्थिक अवस्थाबाट कमजोर भएका ग्रामिण क्षेत्रका बालबालिका, महिला, अपाङ्गता, वृद्धवृदा लगायत अशाहय व्यक्तिहरुको जीवन स्तरमा सुधार ल्याउन विगत २० वर्ष देखि प्रयासरत हुनुहुन्छ । ग्रामिण तथा शहरी क्षेत्रमा रहेका यस्ता पिडितहरुलाई शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना तथा शिपमुलक कार्यक्रमहरु सञ्चालन गरी समुदायका निश्चित विपन्न मानिसहरुलाई आर्थिक रुपमा सबल बनाउन ठुलो योगदान पुर्याउनु भएको छ । श्रीमती स्वरुपा श्रेष्ठ उपचारका लागी सहयोगी हातहरु नामक संस्था, श्रीदिप कम्पनी, स्वस्ती लेजर एण्ड स्किन केयर सेन्टरको अध्यक्षको पद निर्वाह गरी विभिन्न किसिमका सामाजिक क्रियाकलापहरुमा संलग्न हुनुहुन्छ। साथै अन्र्तराष्ट्रिय स्तरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को निर्देशक तथा मुल्याङ्कन समितीको संयोजकको पदमा कार्यरत हुनुहुन्छ । उहाँ एक कुशल समाजसेवीको रुपमा परिचीत हुनहुन्छ ।